KB · Hymns · #422
येशू हामीलाई बोलाउँछन्
D73/2
Verse
येशू हामीलाई बोलाउँछन् आँधीमा भवसागरको
मधुर स्वरले सधैँ भन्दछन्, “पछि लाग हे मेरो” ।
Verse
उहिले गालील झीलको छेउमा चेलाले ख्रीष्टको स्वर सुने
श्री-सम्पत्ति, घरघराना उनको लागि सब त्यागे ।
Verse
सुखी संसारको मोहदेखि येशू डाक्छन् हामीलाई
यिनैमा नभुलौँ भनी भन्छन्, “गर प्रेम मलाई” ।
Verse
चिन्ता, मज्जा, दुःख वा सुखमा फुर्सद वा आतुरीमा
येशू भन्छन्, “यिनैभन्दा मलाई गर प्रेम बढ़्ता” ।
Verse
येशू हामीलाई बोलाउँछन्, मुक्तिदाता स्वर सुनौँ
सबैभन्दा ख्रीष्ट तपाईंलाई सेवा, मन र प्रेम चढ़ाऔँ ।