KB · Hymns · #214
खोल-खोल ढोका खोल्दैनौ किन नि
G6/8
Chorus
खोल-खोल ढोका, खोल्दैनौ किन नि
प्रभु आए तिमीलाई मुक्तिदान दिनु नि
Verse
पश्चात्ताप गर, शुद्ध गर, आउन सबै ढिलो नगर (२)
प्रभु ख्रीष्टले तारिदिन्छन् विश्वास गर, पापलाई नगर ।
Verse
बुद्धिमानी म छु, ज्ञानी भन्छन् सबै संसार (२)
शान्ति दिने, मुक्ति दिने भन्छन् प्रभु येशू तारणहार ।
Verse
मुक्तिदाता आउनुभयो संसारमा ज्योति बनेर (२)
दज्यू-भाइ, दिदी-बहिनी आऊन सबै विश्वास गरेर ।
Verse
क्रुसमाथि चढ़्नुभयो हाम्रो प्रभु येशू बिचरा (२)
स्तुति गर्छु, चरणमा पर्छु आउँदैछु म पापी अघार ।
Verse
दाज्यू-भाइ दिदी-बहिनी, बस्छौ किन निश्चिन्त भएर (२)
बेला छैन, बितिगयो कति बस्छौ पापै गरेर ।