KB · Hymns · #747
तपाईंकै इच्छामा सुम्पिन्छु
D3/4Translated
Verse
तपाईंकै इच्छामा सुम्पिन्छु, तपाईंको हातमा माटो म हुँ
ढाली बनाउनोस् इच्छा अन्सार, पर्खी म बस्दा नम्र यहाँ ।
Verse
तपाईंकै इच्छामा सुम्पिन्छु, जाँचेर खार्नोस् मालिक येशू
हिउँभन्दा सेतो धुनोस् प्रभु, अहिले चरणमा म झुक्दछु ।
Verse
तपाईंकै इच्छामा सुम्पिन्छु, घायल र थकित मद्दत गर्नुस्
सर्वशक्तिमान सृष्टिकर्ता, छोई निको पार्नुस् मुक्तिदाता ।
Verse
तपाईंकै इच्छामा सुम्पिन्छु, पूर्ण अस्तित्व वशमा राख्नुस्
पवित्र आत्माले भरेर, देखून् सबैले ख्रीष्ट मभित्र ।