KB · Hymns · #375
याह्वे मेरो गोठालो, मलाई केही घटी हुँदैन
G4/4
Chorus
याह्वे मेरो गोठालो, मलाई केही घटी हुँदैन
उनले हरियो खर्कमा मलाई चराउनेछन्
Verse
सुख-चैनको पानीनिर सदैव डोर्याउनेछन्
मेरो यो तुच्छ प्राणलाई नयाँ तुल्याउनेछन् ।
Verse
आफ्नै नाउँको कारण जहीँ गए तापनि
धर्मको सुमार्गमा मलाई अगुवाइ गर्नेछन् ।
Verse
अँ मृत्युको छायामा हिँड़्नु परे तापनि
रक्षा गर्छन् जहीँ जाऔँ, तब किन डराऔँ ।
Verse
सबै शत्रुको सन्मुख भोज तयार पार्नुहुन्छ
तेलले अभिषेक गरे कचौरा पोखिन्छ ।
Verse
निश्चय भलाइ र कृपा जीवनभरि रहन्छ
याह्वेको स्वर्गलोकमा सदैव वास गर्नेछु ।