पृथ्वी माथि माथि कस्तो जगत् छ
C6/8
Chorus
पृथ्वीमाथि-माथि कस्तो जगत् छ ?
कल्पना गर्न सक्छौ तिमी के
एकपल्ट प्रभुको झल्को मात्र लेऊ
थाहा पाउनेछौ, (स्वर्ग त्यस्तै छ) (२)
Verse
संसारभन्दा बेग्लै हुन्छ, त्यो जगत्मा
धोइएका मानिस हुन्छन् ख्रीष्टको रगतमा
त्यहाँ पीर-मर्का, फिक्री हुँदैन,
ज्योतिको राज्य अँध्यारो टिक्दैन, स्वर्ग त्यस्तै छ ।
Verse
स्वर्ग जान तिमी मृत्यु नपर्ख,
दुःखी संसार पनि स्वर्ग बन्न सक्छ
छोटो छ यो जीवन, मोजमा नभुल
स्वर्गको राज्य क्रूसलाई अंगाल, स्वर्ग त्यस्तै छ ।