प्रतिज्ञा गरेँ येशू म सेवा गर्नेछु
D74/4
Verse
प्रतिज्ञा गरेँ, येशू, म सेवा गर्नेछु
मसँग सधैँ बस्नोस्, हे साथी र प्रभु
लड़ाइँदेखि डराउन्नँ नजीक हुनुभए
तपाईंको पथ बिराउन्नँ पाउ डोर्याउनुभए ।
Verse
छेऊ मेरो बस्नोस्, येशू सांसारिक मायाले
फसाँउछ मलाई सधैँ लोभ्याउने स्वरले
छन् शत्रु चारैतिर मनभित्र छन् पनि
हे येशू, आई प्राणलाई जोगाउनोस् पापदेखि ।
Verse
स्वार्थको झगड़ादेखि ईर्ष्याको आँधीमा
म स्वर तपाईंको सुनूँ मधुर, शान्त, सफा
मलाई चेताउनी, साहस वा हप्की होस्, प्रभु
बोली मलाई सुनाउनोस्, हे रक्षक प्राणैको ।
Verse
हे येशू, यो प्रतिज्ञा चेलालाई दिइयो कि
“जहाँ म छु, हुनेछौ त्यहाँ तिमी पनि”
हे येशू, वचन दिएँ म सेवा गर्ने छु
तपाईंको पछि लागूँ, हे साथी र प्रभु ।