KB · Hymns · #90
गरौँ जयजयकार हाम्रा प्रभुको
A2/2
Chorus
गरौँ जयजयकार हाम्रा प्रभुको,
उनै हुन् हाम्रा साँचो गोठालो
हर्षित हृदय लिई धन्यवाद चढ़ाऊँ,
भक्तिसहित सबले दण्डवत् गरौँ
Verse
पापको दण्ड भयङ्कर नरक, कमाइ यो मेरै थियो (२)
धर्म-कर्मका च्यादरले ढाकी पाप ढाकिइँदैनथ्यो
थुकाइ र कुटाइ सहनुभो’ जति (बचाउन प्राण दिए) (२)
Verse
हेर्दछु कलवरी डाँड़ालाई, टाँगिए प्रभु क्रूसमा (२)
हातमा काँटी, खुट्टामा काँटी, शिरमा तीव्र पीड़ा
सहे सब पीड़ा, दुःख अशान्ति (थिए सब मेरै निम्ति)
Verse
अचम्मैको रहेछ प्रेम येशूको म दुष्ट घृणितप्रति (२)
जब पापमा ‘थेँ ख्रीष्ट मेरा मरे सब मेरा पापलाई बोकी
शुद्ध मलाई पार्दै, बहेको रगतले (धर्मी मलाई तुल्याए) (२)
Verse
पथिक नरकको ख्रीष्टले फिराउँदा स्वर्गको यात्री बने (व)
स्वर्ग मेरो देश भो’ यहाँ परदेशी बढ़्छु प्रतिफल अघि
देख्दा प्रभुलाई पीड़ा भुल्नेछु (असीम विश्राम पाउनेछ) (२)