KB · Hymns · #452
संसार खूब राम्रो देखिन्छ
C3/4
Verse
संसार खूब राम्रो देखिन्छ रमाहट गर्छु म
सब थोकमा घामको किरण देखाउँछ महिमा
संसारमा बस्दाखेरी म, जरुर हर्षिलो छु,
म येशू ख्रीष्टको बाटो पछ्याउँछु ।
Verse
म सानो यात्री मात्र, यात्राको शुरुमा
म जीवन यात्रा गर्दा शोक भेट्नेछु यहाँ,
संसार छ शोकले भरेको, र विपद पनि छ
तर येशू ख्रीष्टको बाटो पछ्याउँछु ।
Verse
त सानो यात्रीजस्तै, जे-जे म भेट्नेछु
हर्ष कि दुःख, लान्छु चरणमा येशूको
ती दुःखमा शान्ति दिन्छन्, ती पुस्छन् सब आँसु
रमाहट गरी बाटो पछ्याउँछु ।
Verse
परीक्षा सताउँदैन, दुःखदेखि छैन भय
जब येशू आउँछन् नजीक, शोक हुन्छ टाढ़ै नै
मृत्युले नष्ट गर्दैन, जब मृत्यु भेट्नेछु
स्वर्ग जाने बाटो पछ्याउँछु ।