प्रभु दया अब मागी चरण हामी पर्दछौँ
C4/4
Verse
प्रभु, दया अब मागी चरण हामी पर्दछौँ
आफ्ना पापका कायल भई लिँदछौँ तपाईंको नाउँ ।
Verse
पापी सोच, निष्प्रेमी कुरा हाम्रोविरुद्ध छन् गवाही ।
अयोग्य कर्म, निश्चित सेवा पर्ने काम नगरेका ।
Verse
प्रार्थना गर्दा पनि हृदय तपाईंदेखि भो’ टाढ़ा
मान-मनितो गर्दा ओठले गरे वचन कपटका ।
Verse
अमोल बेला व्यर्थै काट्यौँ, अमोल घड़ी अनाहकमा ।
करार र युद्ध बिर्सी, टारी बुद्धिका सल्लाह ।
Verse
प्रभु, दया फेरि मागी पश्चात्तापी छौँ लजाई
लाभ समयको अब गरी जिउँछौँ तपाईंको भई ।
Verse
स्वर्गे पिता, आशिष् देऊ उँभोबाट कान लगाई
प्रेमी त्राता, पवित्र आत्मा, सुन हाम्रो दीन दुहाई ।