KB · Hymns · #53
ईश्वरको पुत्र येशू मानिस रूप धारण गरी
G3/4
Chorus
ईश्वरको पुत्र येशू मानिस रूप धारण गरी
स्वर्गको सुखलाई त्यागेर गोठमा जन्म लिए
सहेर दुःख हामीलाई सुख दिनलाई प्रभुले
सुख दिनलाई प्रभुले
Verse
तिनले सबलाई प्यार गरे, बिरामीलाई चङ्गा गरे
दुःख़ीलाई सहायता दिएर स्वर्गको प्रचार गरे
अन्धालाई आँखा, गूँगालाई बोली, गूँगालाई बोली
बहिरालाई सुनाए शब्द, बहिरालाई सुनाए
Verse
येशूलाई यो थाहा थियो, सबैले पाप गरेका छन्
ईश्वरको वचनले भन्दछ पापको फल मृत्यु नै हो,
पापदेखि मुक्त गराउन ख्रीष्टले, गराउन ख्रीष्टले
क्रूसैमा प्राण त्यागे, भाइ हो, क्रूसैमा प्राण त्यागे
Verse
ईश्वरको पुत्र येशू तेस्रो दिन बौरी उठे
मृत्युको बन्धनलाई तोड़ेर स्वर्गको प्रचार गरे
स्वर्गमा चढ़ी ईश्वरको छेउमा, ईश्वरको छेउमा
हामीलाई पर्खदैछन् भाइ हो, हामीलाई पर्खदैछन्
Verse
कुकर्मदेखि फर्की प्रभुमा विश्वास गर्ने
पाउँदछन् ती सबले मुक्ति, परमेश्वर क्षमा गर्छन्
यसकारण भाइ हो विश्वास गर, विश्वास गर
प्रभु येशू ख्रीष्टमा बहिनी, प्रभु येशू ख्रीष्टमा