KB · Hymns · #269
सबैले भन्छन् स्वर्ग मै जान्छु
G4/4
Chorus
सबैले भन्छन् स्वर्ग मै जान्छु, जान्छौ पो भाइ कसरी
नेपाल हाम्रो देश कति राम्रो ख्रीष्टको पाइला टेकेर
Verse
उकाली बाटो नधाउँदै पापको बोझ लिएर
सुखले बाँचौँ संसारमा, येशूलाई जीवन दिएर ।
Verse
बुझ्छन् र कसले रोएको, आँसुको घुटको पिएर
सुखको माने भुलेर के होला व्यर्थै जिएर ।
Verse
हाँसेर आँसु सुक्दैन, रोएर दुःख लुक्दैन
ख्रीष्टलाई विनानसम्झी, स्वर्गमा हामी पुग्दैनौँ ।
Verse
बुद्धिले घमण्ड गरेर, जीवन यहाँ के होला
पापबाट पश्चात्ताप आज नै, भोलि त अबेर होइजाला ।
Verse
हेरन आज पिताले हामीलाई कस्तो प्रेम गरे
तपाईं र मेरो पापको साटोमा ख्रीष्ट मरेथे ।
Verse
क्रूसको बन्धन के मीठो उद्धार पाउनु जीवनमा
मूर्खता मात्र हुनेछ नाश हुने वाला जीवनमा ।