KB · Hymns · #513
बतास चलिरहेछ यस देशबाट भएर
C4/4
Verse
बतास चलिरहेछ यस देशबाट भएर
स्वर्गीय सुगन्ध चलिरहेछ,
थाहा छैन कहाँबाट आउँछ ?
थाहा छैन कहाँ जान्छ ? तर हामीमा बहन्छ,
हो... हो... हो... त्यो बतास हामीमाथि बगोस् ।
Verse
वृष्टि भइरहेछ, वर्षा माथिबाट
प्रेम र दयाका बुँदहरू बर्सिरहेछन्,
स्वर्गतिर आँखा उठाऊ, त्यो वर्षा भएको हेर्न
जसले हामीलाई भिजाउँछ,
हो... हो... हो... त्यो वृष्टि हामीमाथि बर्सोस् ।
Verse
आगो बलिरहेछ जो आकाशबाट झर्छ,
आगोका जिब्राहरू जसले हामीलाई जलाउँछन्,
के तिमी थाहा गर्न सक्छौ ?
त्यो आगो बलिरहेछ, हामीलाई शुद्ध गर्न,
हो... हो... हो... त्यो आगो हामीमाथि बर्सोस् ।