KB · Hymns · #139
येशू ख्रीष्ट अब चाँड़ै आउनेछन्
F6/8
Chorus
येशू ख्रीष्ट अब चाँड़ै आउनेछन्, चिह्न सबै पूरा हुँदैछन्
(मानिस पाप र ज्ञानद्वारा अन्धा बनी प्रभुदेखि टाड़ा भइरहेछन्) (२)
Verse
(सब मानिस पापैले भरिएका छन् पापैमा बढ़िरहेछन्) (२)
(पापकै कारणले नाश एक दिन हुन्छन्) (२)
(अनन्त मृत्यु र दण्ड भोग्नेछन्) (२)
Verse
(जब प्रभु आकाशमा प्रकट हुनेछन् एक अद्भुत घटना घट्नेछ) (२)
(तयार विश्वासी सब उठाइन्छन्) (२)
(मूर्ख, लापरवाह सब छोड़िइनेछन्) (२)
Verse
(संसारको मायामा डुब्दा-डुब्दै नै मृत्युले चुँड़ी लैजान्छ) (२)
(मनले चाहेको सब चीज छोड़िन्छन्) (२)
(रित्तै हात लिई मृत्यु-घाट तर्छन्) (२)
Verse
(के तिमी चाहन्छौ सम्पत्ति, सामान ? स्वर्गीय बैङ्कमा राख्न थाल) (२)
(परदेशी हौ तिमी कालो संसारमा) (२)
(स्वदेशलाई सम्झी संघर्ष गर) (२)
Verse
(नसम्झ आफूलाई यही संसारको, सतर्क बनी अलग रही) (२)
(नत्र यस संसारसँगै न्यायमा पर्छौ) (२)
(अनन्त-अनन्तसम्म दाह्रा किट्नेछौ) (२)