KB · Hymns · #528
धिन्ताङ्ग-ताङ्ग, धिन्ताङ्ग-ताङ्ग मादल बज्यो
E6/8
Verse
धिन्ताङ्ग-ताङ्ग, धिन्ताङ्ग-ताङ्ग मादल बज्यो (२)
आ... हा लौ है, हेर बेथलेहेमको गाईको गोठमा
जन्मेका है येशू राजा, हेर है, हेर लौ, हेर
Verse
भविष्यवक्ताले भनेका झैँ हा हा हा हा (२)
शब्द-शब्द पूरा हुन गो’
मुक्तिमा दाता आउनु नै भो’
थुमा नाउँले प्रख्यात् हुनुभो’ (२)
Verse
स्वर्गीयदूतले नै तर्साए हा हा हा हा (२)
शान्तमय पारी सबलाई सुनाए
खबर सत्य र उदेकैको
सारा संसारलाई नै भो’ (२)