KB · Hymns · #55
जगत् सृष्टि पालनकर्ता
F4/4
Verse
जगत् सृष्टि पालनकर्ता, धन्य ईश्वर दाता
धन्य-धन्य प्रभु येशू जगत्का त्राता नि धन्य ।
Chorus
भज मनलाई, आऊ जन प्रभुकहाँ, भज मनलाई, भज मनलाई
Verse
परमेश्वरको प्रथम वचन पुत्र दिऊँला भनी
साँचै प्रभु अवतार भए जगत्को मणि नि धन्य ।
Verse
तीसै वर्ष पुगेपछि प्रचार गरी हिँड़थे
प्रभु येशू महादाता अजम्मरी दिने नि धन्य ।
Verse
अजम्मरी वचन सुनाई देशै-विदेश फिरे
क्रुसको महा दुःख सही प्राण दान गरिदिए नि धन्य ।
Verse
आऊ पापी विश्वास गरी प्रभुकहाँ धाऊ
पापको मृत्यु बन्धनदेखि निस्तार दान पाऊ नि धन्य ।
Verse
प्रभुजीको दिव्य वचन दुःखी पापी आऊ
दाऊदको वंशी येशू ख्रीष्टको जयजय स्तुति गाऔँ नि धन्य ।