KB · Hymns · #157
अनुग्रहले परमेश्वरको छौँ पाए सबै कुशल क्षेम
F3/2
Verse
अनुग्रहले परमेश्वरको छौँ पाए सबै कुशल क्षेम
यो दया हामीमाथि भो’ त गरौँ उनको सेवा प्रेम
Chorus
स्तुति गाई, स्तुति गाई, यस दिनलाई मानौँ प्रभुकै
प्रायश्चित भए येशू नै, माफ दिनुहवस् पापीलाई
स्तुति गाई, स्तुति गाई, यस दिनलाई मानौँ प्रभुकै
Verse
रमाई जाऔँ गिर्जाघर, आराधना गरौँ ईश्वरको
हे ईश्वर गर्नुहोस् गोहार र हवस् सेवा मनपर्दो
Verse
तपाईंले शिक्षा दिनुहोस् र गर्नोस् आफ्नो धर्म प्रकाश
निश्चिन्तलाई जगाउनहोस्, निराशदेखि मन शान्त रहोस्
Verse
जब पुगिजाला मरणकाल, तब होऔँ खुशी र निडर
र जाऔँ तपाईंकहाँ कृपाल र पाऔँ विश्राम सदाभर