KB · Hymns · #670
आउँदैछु फर्केर घुम्दा घुम्दै येशूकहाँ
Dm4/4
Chorus
आउँदैछु फर्केर, घुम्दा घुम्दै येशूकहाँ (२)
(बाटो दोबाटोमा अल्मलिरहेँ म आफै नै हराइरहे) (२)
Verse
प्रेमको प्रतीकलाई खोजे प्रेम पाउन मैले (२)
म भौतारिरहेँ शान्तिको खोजीमा म हराइरहेँ
म डुली हिँड़े लक्ष बाटो विना मुक्तिको बाटो आत्माको शान्ति
म खोजी रहेँ म लागि रहेँ
Verse
बितिरहे ती दिनहरू आशा निराशामा (२)
म खोजी रहेँ संसारमा मैले पाएँ स्वार्थी जीवनहरू
धोकै धोका झुठो संसारमा प्रभु तिमीले दियौ अनन्त जीवन
निःस्वार्थ प्रेम शान्ति आनन्द