KB · Hymns · #702
निराशमा घुँड़ा प्रार्थनामा टेक्छु
Chorus
निराशमा घुँड़ा प्रार्थनामा टेक्छु, आशामा म उठ्छु
येशूको चरण, आँसुमा पर्छु, हाँसोमा उठ्दछु ।
Verse
ब्राम्हण्ड रच्ने दैवीय हातले मलाई थामेको छ
भविष्य पनि स्वर्गीय हातमा, अटल, सुरक्षित छ
पवित्र आत्मा, शान्तिमय व्यक्ति, सत्यता चिनाउँछ
पिताको इच्छा विश्वासी-बीचमा प्रकट गर्दछ ।
Verse
हे पिता, पुत्र, पवित्र आत्मा, चोख्याउनुहोस् मेरो मन
सुनसरि खारी लिनुहोस् जीवन तपाईंको मात्र धन
बाँचुन्जेल बन्छु एक बल्दो साक्षी, ख्रीष्ट प्रभु हजुरको
प्रशंसा गर्दै भजी म बस्छु, नाउँ त्रिएक ईश्वरका ।