KB · Hymns · #809
कलवरीको श्रापित क्रूसमा
A3/4
Chorus
(कलवरीको श्रापित क्रूसमा ख्रीष्टले जीवन अर्पिदिए) (२)
सबै पापबाट बचाउन (रगतको मूल्य चुकाए) (२)
Verse
(हात, पाउ र शरिर ख्रीष्टको चोटै चोट थियो
काँडे मुकुट शिरमा लाउँदा महिमित रगत वग्यो) (२)
(क्रूसमा ख्रीष्टलाई टाँग्नेहरू आनन्दले रमाए) (२)
(ख्रीष्टलाई माया गर्नेहरू छातो पिटी रोए) (२)
Verse
(भोक तिर्खा अनिदो सहेर रातभरीको
थुकाइ पिटाइ कोर्राहरू पाए दुष्टहरूको) (२)
(कडा घाम प्यास लाग्दा तितो पित्त पिलाए) (२)
(पितासँग क्षमा मागि हाम्रो पाप सवै मेटाए) (२)