KB · Hymns · #716
माटोको मेरो क्षणभंगुर शरीरलाई
Chorus
माटोको मेरो क्षणभंगुर शरीरलाई
अर्पन्छु प्रभु तिम्रो चरणमा,
समर्पण गर्छु तिम्रो शरणमा ।
Verse
अन्धकारपूर्ण यो पापी संसारमा, हराई रहेको रहेछु
प्रभु तिमी नै मेरो जीवनको, ज्योति भई आइदियौ ।
Verse
स्वार्थले पूर्ण यो संसारमा, मरी रहेको रहेछु
प्रभु तिमी नै मेरो जीवनको, मालिक भई आइदियौ ।
Verse
मेरो लागि नै बैरी संसारमा, क्रूसमा मरिदियौ
प्रभु तिमीले आफ्नै रगतले, मेरो पाप धोइदियौ ।