KB · Hymns · #771
आशिष्को वर्षा माग्दछौं हे स्वर्गीय पिता हामी आउँदछौं
Chorus
आशिष्को वर्षा माग्दछौं, हे स्वर्गीय पिता हामी आउँदछौं (२)
Verse
कमजोर हीन छौं छैन ताकत, भर्देऊ हामीमा आफ्नै ताकत (२)
प्यासा हृदयलाई लिएर (२) हे स्वर्गीय पिता हमी आउँदछौं
Verse
धेरै भूलले कलंकित बन्यौं, बेकम्मा रही दुःखित तुल्यायौं (२)
शरमले शिरलाई झूकाएर (२) हे स्वर्गीय पिता हामी आउँदछौं
Verse
प्रभु महान् शक्तिमान् छौ, सामर्थ्य, तेजले सुशोभित छौ (२)
हल्लेलूयाह र प्रशंसा गाई (२) हे स्वर्गीय पिता हामी आउँदछौं
Verse
आफ्नो दासलाई कहिल्यै नभुली बचायौ उसलाई प्राणै आफ्नो दिई (२)
त्यही असीम प्यारलाई चाहँदै (२) हे स्वर्गीय पिता हामी आउँदछौं