KB · Hymns · #287
एक मित्र मैले पाएको छु प्यार गर्ने अघिदेखि
G3/4Translated
Verse
एक मित्र मैले पाएको छु प्यार गर्ने अघिदेखि
प्रेम सूत्रले ताने उनले, मलाई सङ्गतमा बाँधी,
र मेरो हृदय यस्तो छ कहिल्यै उनलाई नत्यागी
म ख्रीष्टको हुँ, ख्रीष्ट मेरा हुन् सदासर्वदाको लागि ।
Verse
एक मित्र मैले पाएको छु, त्राण दिनु उनी मरे
जीवन दान र उनको साथ ख्रीष्ट आफैलाई दिइहाले,
म आफ्ना सबै तुच्छ मान्छु, दाताको लागि राखी
हृदय सामर्थ जीवन सबै उनका सधैँका लागि ।
Verse
एक मित्र मैले पाएको छु, उनको हो सबै सामर्थ
यात्रामा मेरो अगुवा जसले स्वर्ग पुर्याउँछन्,
स्वर्ग देशको देख्छु महिम, त्यो मलाई साहस दिन्छ
अब पहरा काम र लड़ाइँ तब विश्राम सधैँ हुन्छ ।
Verse
एक मित्र मैले पाएको छु, दयालु साँचो, नप्र
खूब ज्ञानी राजा, अगुवा, सामर्थी, रक्षा गर्ने,
यस्तो प्रेम गर्नेदेखि कुन शक्ति मलाई छुट्याउँछ ?
के जीवन, मृत्यु स्वर्ग, नर्क ? होइन, म उनकै हुन्छु ।