KB · Hymns · #93
संसारलाई सृजने मेरा प्रभु
A2/2
Chorus
संसारलाई सृजने मेरा प्रभु
पापीलाई मुक्ति दिने मेरा प्रभु
अवर्णनीय अपार, साँचै नै विशाल
मेरा, तिम्रा, हाम्रा, सबका प्यारा प्रभु
Verse
उनको कर्मलाई जाँच, उनको वचन सुन (२)
जादू होइन कलवरी, मन्त्र होइन वचन
तर अलौकिक प्रेम, संसारलाई... प्रभु ।
Verse
उनको महिमालाई नाप सिद्ध छन् उनी पूर्ण (२)
परमेश्वरको प्रतिरूप सृष्टिको जेठो हुन्
स्वर्ग धर्तीको शिर, संसारलाई... प्रभु ।
Verse
उनको शरीरलाई हेर चोटैचोट छन् सारा (२)
हात राखी छाम उनका कर-पाउ
चाख अलौकिक प्रेम, संसारलाई... प्रभु ।