KB · Hymns · #354
उठ जाग हे मसीही यर्दनपार जानलाई
Am3/4
Chorus
उठ, जाग हे मसीही, यर्दनपार जानलाई (२)
त्याग, त्याग मिश्रको यो सुख-विलास, मानलाई (२)
Verse
कति पनि शंका नराखी येशूको करारमा (२)
अघि बढ़ी विवश नभई (२) प्रभुको विश्वासमा ।
Verse
समुद्र गर्जोस, थर्कोस् पर्वत, बाढ़ी बढ़ोस् यो यात्रामा (२)
फर्की नहेरी सदोम नगरलाई (२) कदम बढ़ाऊ सियोन पहाड़मा ।
Verse
नजर उठाई कलवरीमा हेरी ख्रीष्ट निशानालाई (२)
हटाइदिने बाधा र बन्धन (२) नाश गर्ने अन्धकारलाई ।
Verse
अब्राहाम, इसहाक, याकूब, योसेफलाई साथ दिने, हे याह्वे (२)
हल्लेलूयाह, हल्लेलूयाह (२), स्तुति महिमा, हल्लेलूयाह ।