KB · Hymns · #122
बौरी उठे प्रभु हाम्रो
F3/4
Chorus
बौरी उठे प्रभु हाम्रो, जय जय गाऊँ उनको
शैतानमाथि जयवन्त हुँदा उद्धार भो’ सबको
Verse
मृत्यु बन्धन तोड़ी उनले जगत् उद्धार गराए (२)
हाम्रो पापको दाग मेटाउन (२) क्रूसमा प्राण त्यागे (२)
साना-ठूला जगत् सबलाई उनले बचाए ।
Verse
तेस्रो दिनमा बौरी उठ्दा उनका शत्रु लजाए (२)
अविश्वासी विश्वास गर्दै (२) उनका पाउ परे (२)
सत्य-उद्धारक येशू भन्दै गाउँ-ठाउँ सुनाए ।
Verse
ईश्वर प्रेमी पुत्र दिने, के चढ़ाउने उनैलाई (२)
संसार उनकै, स्वर्ग उनकै, (२) सारा सृष्टि नै (२)
धन्यवाद चढ़ाऊँ हामी सबले चूर्ण र दीन मन भई ।