KB · Hymns · #449
येशूको म हुँ पाठो
D4/4
Verse
येशूको म हुँ पाठो, हृदय खुशी छ मेरो
प्रेम येशूले मलाई गर्छन्, राम्रो वरदान मलाई दिन्छन्
पालन-पोषण गर्दछन्, नाउँबाट बोलाउँदछन् ।
Verse
मेरो दैनिक जीवनमा भोक र तिर्खा जान्दिनँ
हूल भेड़ाको उनको जहाँ, राम्रो हरियो चरन त्यहाँ
लाग्छ मलाई प्यास जहिले, झर्ना देखाउँछन् उनले ।
Verse
जीवनभर आनन्दित छु, आशिषित् यस झुण्डमा छु
पाउँछु गोठाला चराउने, मृत्युपछि जीवन दिने
मलाई स्वर्गमा पुर्याउँछ भाग्यमानी हुन्छु म ।