KB · Hymns · #210
छैन भरोसा यो जिन्दगीको
C4/4
Chorus
छैन भरोसा यो जिन्दगीको (२), गरौँ भजन अब येशूजीको (२)
Verse
बालककाल बित्यो खेलैमा खेली, जवानी बित्यो प्रेमैमा भुली
वृद्धकाल बित्दैछ जञ्जालमा डुबी, गरौँ भजन अब येशूजीको ।
Verse
जञ्जालमा दुलीरहन्छौ कति, चेत गरी अब सुधार गति
छैन बेला भाइ अब अति, गरौँ भजन अब येशूजीको ।
Verse
पाप र संताप बढ़्दछन् जति हुनेछन् नष्ट जीवन उति
फर्काऊ मन अब येशूपट्टि, गरौँ भजन अब येशूजीको ।