KB · Hymns · #426
सुन नयाँ गीत गाउँदैछन्
D4/4
Verse
सुन नयाँ गीत गाउँदैछन् मुक्ति पाउनेहरू
स्तुति प्रभु र थुमाको यसो भन्दै गाउँछन् ।
Chorus
प्रेमले आफ्नो रगतमा धोई शूद्ध पारी
हाम्रो आत्मालाई बचाउने प्रभुलाई होस् स्तुति
Verse
हाम्रो वस्त्र उज्यालो छ धोई उनको रगतमा
हाम्रो मनमा सब शान्ति छ उनको स्वर्गे ज्ञानमा ।
Verse
उनको रगतको शक्तिले भयो शैतान निर्बल
उनको सत्यको प्रतापले हामी भयौँ सफल ।
Verse
पूजौँ ज्योति र जीवनको प्रभु र थुमालाई
महिमा, आदर शक्ति सदा हुन्छन् उनलाई ।