KB · Hymns · #674
हेर्दा हेर्दै बिति गए दिन
E2/4
Chorus
हेर्दा हेर्दै बिति गए दिन साल महिना
अन्तिम समय आइपुगेको थाहा छ कि छैन (२)
आउनेवाला राजा प्रभु ख्रीष्टको जय,
(जय जयहोस् सदा) (२) (अन्तिम समय हो यो) (२)
Verse
अल्मलाउने थोकहरू धेरै धेरै छन् (२),
लोभ्याउने थोकहरू धेरै धेरै छन् (२)
यसैले विनाशमा एक दिन पुर्याउनेछ (२)
छोड़िदेऊ त्यागीदेऊ विन्ति तिमीलाई छ (२)
अन्तिम समय हो यो (४)
Verse
घटनाहरूले भनिरहेछ (२), वचनले पनि भनिरहेछ (२)
विनाश नजिक छ अन्त नजीक छ (२)
फर्की आऊ प्रभुकहाँ विन्ती तिमीलाई छ (२)
अन्तिम समय हो यो (४)
Verse
आउनेवाला राजा हुँदैछन् तयार (२)
आत्मालाई इनाम दिनलाई तयार (२)
विश्वास नगर्नेलाई दण्ड छ तयार (२)
विश्वास प्रभुमा लेऊ विन्ती तिमीलाई छ (२)
अन्तिम समय हो यो (४)