KB · Hymns · #487
खुशीको दिन जसमा मैले येशूमाथि राखेँ विश्वास
D4/4Translated
Verse
खुशीको दिन, जसमा मैले येशूमाथि राखेँ विश्वास
सबैलाई किन नसुनाऊँ, छ मेरो मनमा सुख-विलास ।
Chorus
खुशीको दिन, खुशीको दिन येशूले पाप सब मेटाए
आनन्द, प्रार्थना गर्दै जाऊँ भनेर मलाई सिकाए
खुशीको दिन, खुशीको दिन येशूले पाप सब मेटाए
Verse
महान् साटफेर पूरा भयो, म प्रभुको, उनी मेरा
मलाई ताने स्वरले मीठो र पछि लागेँ येशूको ।
Verse
चुलबुले मन फेरिसक्यो पाएछु येशूमा शान्ति
प्रभुदेखि जान्नँ टाढ़ो, सब असल थोक दिन्छन् उनी ।