KB · Hymns · #831
सुम्पिदेऊ तिम्रो जीवन आज नै
F6/8
Chorus
सुम्पिदेऊ तिम्रो जीवन आज नै येशूलाई
मानिलेउ बिगतका पापहरू आज ती सबैलाई
(कारण उनैले प्रेम साथ बोलाउँदैछन्) (२)
(अँगालोमा तिमीलाई राखुँ भनेर) (२)
Verse
(नसेलाई देऊ कहिल्यै तिमी काम गर्न अझै धेरै छ
नथाकि देऊ कहिल्यै तिमी पुग्ने ठाउँ अझै धेरै छ) (२)
(डाँडाकाँडा काटेर हिमालै नाघेर) (२) (स्तुति प्रभुको अझै गर्नुछ) (२)
Verse
(जीवन तिम्रो व्यर्थै नफाल शान्तिको वास्ना छर्नु छ
दुनियाँको हृदयमा ख्रीष्टको वचन भर्नु छ) (२)
(मैदानै भएर समुन्द्र तरेर) (२) (महिमा प्रभुको अझै गर्नुछ) (२)