KB · Hymns · #349
होऊ मेरो दर्शन
D3/4
Verse
होऊ मेरो दर्शन, मेरो प्राण, हे प्रभु,
तपाईंबाहेक आनन्द छैन अरू
रातमा-दिनमा होस् सोच तपाईंकै,
सुत्दा वा ब्यूँझँदा ज्योति तपाईं नै ।
Verse
होऊ मेरो बुद्धि, मेरो साँचो बात,
म सदा तपाईंसाथ, तपाईं मसाथ
तपाईं नै पिता, म छोरो साँच्चै वास गर्नोस् ममा,
मचाहिँ तपाईंमै
Verse
होऊ मेरो तरवार र ढाल लड़ाइँको,
होऊ मेरो मर्यादा, आनन्द मेरो
होऊ मेरो गढ़ी, धरहरा अग्लो स्वर्गतिर उठाऊ,
हे बलवान् प्रभु ।
Verse
धन म खोज्दिनँ न त प्रशंसा तपाईं नै
मेरो सर्वस्व सदा
तपाईंलाई मात्र मेरो पहिले मान,
स्वर्गको राजा तपाईं मेरो धन ।
Verse
स्वर्गको राजा विजय भई गयो,
स्वर्गीय आनन्द पाउँछु घाम चम्किलो
मेरो प्राण प्यारो भूल भए हाम्रो अझै होऊ दर्शन,
हे सबका राजा ।