KB · Hymns · #703
आओ सबै फर्केर प्रभु येशूकहाँ नगरी बेर
Chorus
आओ, सबै फर्केर, प्रभु येशूकहाँ नगरी बेर
यो जीवन छोटो छ, मुक्तिको दिन छैन अब धेर ।
Verse
जब येशूकहाँ गएँ, पाप-क्षमाको दान पाएँ,
मुक्तिको अनुभव गरें, उनको नामको यश गाएँ ।
Verse
येशू हुन् उदेकको नाथ, धनेछन्, तिम्रो सब पाप
गरेर अधर्म माफ, राख्नेछन् तिमीलाई साथ ।