प्रभुलाई लिई शून्य जीवनमा
C6/8
Chorus
प्रभुलाई लिई शून्य जीवनमा,
मुक्तिको आगो जलाई तिम्रो हृदयमा
Verse
जीवन बिताऔँ हाँसेर, पापलाई त्यागेर (२)
मुक्तिलाई गाँसेर अमर भएर (२)
प्रेमको स्रोत उम्ल्याएर शुष्क हृदयमा ।
Verse
पापको दण्ड मृत्युदेखि दिनलाई छुट्कारा (२)
बहाए उनले रगतको धारा (२)
अशान्तिको पीर होला तिम्रो हृदयमा ।
Verse
एउटै मात्र प्रभु हाम्रो जीवनको सहारा (२)
उदय भयो भाग्य सितारा (२)
मुक्तिदाता प्रभु येशू चढ़े क्रूसैमा ।