KB · Hymns · #500
नेपाल हाम्रो जन्म भूमि
D74/4
Chorus
नेपाल हाम्रो जन्म भूमि, नेपाल हाम्रो जन्म भूमि
देश-विदेश घुमे तापनि नेपाल हाम्रो जन्म भूमि
Verse
चारै दिनको जिन्दगीमा भुलिरह्यौ आज (२)
कसको रह्यो घर-द्वार, कसको रह्यो राज (२)
Verse
सनातनको चोला छोड़ी, दुनियाँको भेष (२)
दुनियाँको भेष दिई भुल्यौँ स्वर्ग देश (२)
Verse
संसारको बजारमा बाह्रमासे मेला (२)
जन्म दिए ईश्वरले पर्यो कालको फेला (२)
Verse
बत्ती देख्दा पुतलीले ज्यानैसम्म फाल्छ (२)
येशूलाई भुल्यौँ भने, पापले नरक हाल्छ (२)
Verse
संसारमा झिलिमिलि कति राम्रा घर (२)
यस जीवनमा मुक्ति पाउँछौँ, येशूलाई हेर (२)