बोल्नुहोस्
बोल्नुहोस्, जे बोल्न चाहनुहुन्छ
म सुन्नेछु, जे बोल्नुहुनेछ,
लानुहोस्, जहाँ लान चाहनुहुन्छ
म जानेछु, जहाँ लानुहुनेछ,
म डराउँदिन, म डराउँदिन
म डराउँदिन, म डराउँदिन
Verse
मलाई मनपर्ने ठाऊँदेखि तपाईंकहाँ
आउने चाहना म राख्दछु,
तपाईंसंगै हिँड्न, तपाईंजस्तै हुन
धेरै कोसिस म गर्दछु,
कहिलकाहीँ मलाई, तपाई नजिक आउन
मन लाग्दैन,
जति टाढो जान्छु म, त्यति खाली हुन्छु म
तपाईं जीवन हो मेरो अब भाग्न सक्दिनँ