KB · Hymns · #6
ईश्वर तपाईं उदेकका
C4/4Translated
Verse
ईश्वर तपाईं उदेकका, छौ अपार महानतमका
सिंहासन शोभा उही बखान अगाध तेज महिमा
Verse
अथाह तपाईंको अनन्तकाल, हे आफै-आफ ईश्वर
स्वर्गदूतले गर्दछन् दिनरात मान पूजा निरन्तर
Verse
तपाईंको भय म मान्दछु, हे ईश्वर जिउँदो
पछुताई काम्दै-काम्दै आशमा पूजा म गर्छु
Verse
तै पनि प्रभु आफै-आफ म पनि प्रेम गर्छु
अँ, मेरो अयोग्य मनको प्रेम तपाईंले माग्नुभयो
Verse
हे ख्रीष्टका पिता, प्रेमको मूल परमानन्द हुन्छ यो
स्वर्गलोकमा भोग्नु नित्य वास पाई दर्शन ईश्वरको