KB · Hymns · #748
जीवन यात्रामा मेरो जहिलेसम्म रहुँला
Chorus
जीवन-यात्रामा मेरो जहिलेसम्म रहुँला
गुण गान गर्न तारणहारको शक्ति देऊ मलाई प्रभु (२)
शक्ति देऊ मलाई प्रभु
Verse
जीवनको मेरो प्रत्येक कदममा, प्रभु मलाई डोर्याइदेऊ (२)
ख्रीष्ट तिम्रो हारको सहायता दिई, यात्रा पूर्ण गरिदेऊ (२)
Verse
जीवन स्वच्छ बिताउनलाई, प्रभु निरन्तर साथ देऊ (२)
नक्कली सुख-चैनको धोकादेखि, प्रभु मलाई बचाइदेऊ (२)
Verse
प्रतिक्षण मेरो क्रूस उठाउन, दिलमा उत्साह भरिदेऊ (२)
क्रूसको दुर्गम पथमा बढदा, सदा सदा साथ-साथ रहिदेऊ (२)
Verse
प्रेमले खिँचिई चरणमा रहने, लालसा पैदा गरिदेऊ (२)
सांसारिक विभव धूलोमा फ्याँक्छु, ख्रीष्ट नै विभव बनिदेऊ (२)