KB · Hymns · #704
देख्छु लाखौं कोटी मान्छे
Chorus
देख्छु लाखौं कोटी मान्छे, नर्कतर्फ फालिएको
सुन्छु म सधैं करुणा-चीत्कार (बचाऊ) (३) भनेको (२)
Verse
जाऊ, सुनाइदेऊ सुसमाचार, सित्तैंमा तिमीले पाएको (२)
(थुमा येशू सबैको निम्ति) (२), क्रूसमा बलि भएको ।
Verse
लोभ, अधर्म, पाप, मृत्युलाई ख्रीष्टले क्रूसमा टाँसिदिए (२)
(मानव मनको मैलो माझ्न) (२), अनमोल रगत बगाए ।
Verse
जसले हृदयबाट विश्वास गरी ख्रीष्टलाई स्वीकार्छ (२)
(तिनले तत्काल मुक्ति पाउँछन्) (२) पवित्र आत्माको छाप लाग्छ ।