KB · Hymns · #341
तारणहार ख्रीष्ट येशुजीको
G3/4
Chorus
तारणहार ख्रीष्ट येशुजीको नित्य-नित्य जयजयकार होस्
पापीहरूलाई अति प्रेम गर्ने, येशूको बढ़ाइ होइरहोस्
Verse
तड़्पिहिँड़्थे जीवन सारा तिमी विहीन हे येशूजी (२)
धन्य होस्, तिम्रो प्रेमको निम्ति (क्रूसैमा चढ़ी बचाउनुभो’) (२)
Verse
जीवन पथमा दुःख संकट सदा नै प्रभु किन नहोस्
अगाध प्रेमको साटोमा येशू (हृदय भेटी यही रहोस्) (२)
Verse
ग्रहण गरी हृदय मेरो प्रेम र आनन्द अझ बढ़ाऊ
मन यही हो मन्दिर तिम्रो, (स्तुतिको योग्य यो जीवन बनाऊ) (२)