KB · Hymns · #729
साँचो मुक्ति साँचो शान्ति
C3/4
Chorus
साँचो मुक्ति साँचो शान्ति, चाहन्छन् प्रभु दिन
समय हुँदै प्रभु येशूकहाँ, आऊ-न-आऊ चाँडै लिन ।
Verse
तिमीलाई बोलाउने अति प्रेमसहित, आऊ नम्र भएर प्रभुकहाँ (२)
पापको लागि दुःखित हुँदै, खूब पश्चातापी भई झुक चरणमा
सारा दिलले दया माग (२) पाउनेछौ पापको क्षमा (२)
Verse
तिमीलाई नाडने प्रभुकहाँ आई, रक्ताम्मे प्रभुलाई हेर क्रूसमा (२)
तिम्रो पापको दण्ड भोग्दै, प्रभु छन् त्यही क्रूसमा (२)
रगत बह्यो अंगांगबाट (२) धोऊ पाप त्यही क्रूसमा (२)
Verse
सारा पाप तिम्रा पापै भए, धार्मिकता पनि धीनलाग्दा छन् (२)
बाँच्ने उपाय एउटै छैन, धर्मका पुल सबै भाँचिनेछन्
आँखा खोली हेर क्रूसमा (२) उद्धारकर्ता त्यहाँ छन् (२)
Verse
जाँदछौ दूर-दूर सुखको खोजमा, पाउँदछौ केवल क्षणिक तृष्टि ?
एकान्तमा हृदय रून्छ, खै कहाँ पायौं त साँचो शान्ति ?
फर्केर आऊ येशूकहाँ (२) पीर बिसाई लेऊ शान्ति (२)