KB · Hymns · #235
मित्र, तिमीलाई यो खबर छ चाँड़ै नै प्रभु आउनुहुन्छ
G4/4
Chorus
मित्र, तिमीलाई यो खबर छ चाँड़ै नै प्रभु आउनुहुन्छ
सुसमाचार सुनी राख, आफ्नो आत्मालाई बचाऊ आज
Verse
तिमी भन्छौ समय छ मेरो (२), तर समयचैँ’ बितिसक्यो
प्रभुलाई ग्रहण गरिहाल, नत्र अन्तमा रुनु पर्ला (२)
Verse
अहिले सुनी भरे नभुल (२), सुसमाचार यो मनैमा गुन
तिमी आफैलाई जाँचिहाल (२), आफ्नो आत्मालाई बचाऊ आज (२)
Verse
मित्र प्रभुमा विश्वास गर (२), आज नै उनमा अघि बढ़
तिम्रो पापलाई धोईदिनुहुन्छ, उनकै सन्तान बनाउहुनुन्छ (२)