KB · Hymns · #34
आऊ सबै विश्वासी आनन्द गर्दै आऊ
G4/4Translated
Verse
आऊ सबै विश्वासी, आनन्द गर्दै आऊ,
आऊ सबैजना मिली बेथलेहेममा
जगत्को त्राता बालक भए हेर
(आऊ भजन गर्दै पुजौँ) (३) ख्रीष्ट प्रभुलाई
Verse
हे वचन सनातन, परमेश्वरको पुत्र,
प्रभु येशू हुन् ख्रीष्ट इम्मानुएल
कन्याको गर्भदेखि मान्छे जन्मेको
(आऊ भजन गर्दै पुजौँ) (३) ख्रीष्ट प्रभुलाई
Verse
हे सब स्वर्गदूत हो, जयजयकार गर्नू
परमेश्वरलाई होस् स्वर्गमा धन्यवाद
पृथ्वीमा कुशल मान्छेहरूमा मिलाप
(आऊ भजन गर्दै पुजौँ) (३) ख्रीष्ट प्रभुलाई
Verse
आमिन् प्रभु धन्य हाम्रो लागि जन्मे
येशू सदा तपाईंको नाम पुजिओस्
ईश्वरको वचन अब देही भएको
(आऊ भजन गर्दै पुजौँ) (३) ख्रीष्ट प्रभुलाई