KB · Choruses · #287
हरबार नाचौँ विश्वासी
G
हरबार नाचौँ विश्वासी, दुष्टले देख्छ तोरीको फूल
जागिसके मण्डली आत्माको शक्तिमा ।
दायाँ-बायाँ, उत्तर-दक्षिण, अघि-पछि
पूर्व-पश्चिम बढिरहेछ प्रभुको राज्य विश्वभरमा
हात बाँधी होइन, कम्मर कसी बढाँ, नाउँ येशूको लिएर पछि नहटौँ
अघि-अघि बढाँ, अघि-अघि बढाँ...
काला-सेता सबै नेपाली, धनी गरीब वीर गोर्खाली
मारेर होइन, मरेर जितौँ विश्वलाई येशूमा
आफू साँढे होइन, नम्र सैनिक बनौँ, नाउँ येशूको लिएर
पछि नहटौँ अघि-अघि बढाँ, अघि-अघि बढाँ । हरबर...