जाँदैछन् येशू कलवरीतिर
Em3/4
Chorus
जाँदैछन् येशू कलवरीतिर तिम्रो-मेरो पापको भारी बोकेर
माया कस्तो, अनुग्रह कस्तो, नापेर नाप्नै नसक्ने
Verse
सहेर पीर-मर्का, चोट कोर्राको खाँदै
भोकै र प्यासी बनी, उकाली-ओराली हिँड़्दै
क्रूसको भारी बोकेर लर्बरिँदै, धर्फरिँदै
जाँदैछन् जिउँदो बलि भएर ।
Verse
थुकाइ र निन्दा सहँदै, गिल्ला र मुक्का खाँदै
अन्तमा झुण्डाए क्रूसमा, बगे रगतको धारा
तिम्रो-मेरो पाप धुनलाई माफी मागिदिए पितालाई ।