KB · Hymns · #776
स्वर्गबाट परमप्रभुको प्रशंसा गर
C4/4
Verse
स्वर्गबाट परमप्रभुको प्रशंसा गर, उच्च स्थानहरूमा उहाँको प्रशंसा गर ।
हे उहाँका दूतगण हो, उहाँको प्रशंसा गर, सारा स्वर्गीय सेना हो, उहाँको प्रशंसा गर ।
Verse
हे आकाशहरूका आकाश हो, प्रशंसा गर, हे आकाश माथिका पानी हो, प्रशंसा गर ।
हे सूर्य र चन्द्रमा, उहाँको प्रशंसा गर, हे चम्किला तारा हो उहाँको प्रशंसा गर ।
Verse
पृथ्वीबाट परमप्रभुको प्रशंसा गर, जलजन्तु र गहिरा सागर हो, प्रशंसा गर ।
हे अग्नि र असिना, उहाँको प्रशंसा गर, हिउँ, बादल र बतास हो, उहाँको प्रशंसा गर ।
Verse
हिमाल, पहाड, डाँडाहरू हो, प्रशंसा गर, फलवन्त वृक्ष र देवदारू हो, प्रशंसा गर ।
गाईवस्तु, वनपशु हो, उहाँको प्रशंसा गर, साना जन्तु, पंक्षी हो, उहाँको प्रशंसा गर ।
Verse
पृथ्वीका राजाहरू हो, प्रशंसा गर, सबै जाति सबै शासक हो, प्रशंसा गर ।
हे युवक र युवती, उहाँको प्रशंसा गर, हे वृद्ध र बालक हो, उहाँको प्रशंसा गर ।
Verse
यी सबैले परमप्रभुको प्रशंसा गरून्, हामी सबले परमप्रभुको प्रशंसा गरौं ।
यो नाउँ मात्र महान् छ, उहाँको प्रशंसा गरौं, उहाँको महिमा उच्च छ, उहाँको प्रशंसा गरौं ।