KB · Hymns · #15
ईश्वरको प्रेम छ कति महान् वर्णन गरी नसकिने
C3/4Translated
Verse
ईश्वरको प्रेम छ कति महान्, वर्णन गरी नसकिने
तारागणदेखि अझ उच्च, पातालसम्म फैलिएको
विश्रामरहित आत्माको लागि ईश्वरले पुत्र दिए
पापको कालो दागलाई मेटाई हिउँजस्तो सेतो पारे
Chorus
ईश्वरको प्रेम कति प्रशस्त छ, बहुमूल्य अपार
सधैँभरि दूतगण समस्त गाउँछन् त्यसको जयजयकार
Verse
अफशोसी दिन जब बित्नेछन्, सांसारिक राज्य नाश हुनेछ
प्रार्थना नगर्ने हरेक जन मृत्यु भनी बोलाउनेछ
ईश्वरको प्रेम रहने अझ कति छ दृढ़ र महान्
अनुग्रह आदम वंशलाई भनी गाउनेछन् दूतगण
Verse
समुद्र मसीले भरेको, आकाश पत्र भएको भए
हर रूखको डाँठ कलम बनेको र हरेक मानिस लेखक भए
लेख्न ईश्वरको महान् प्रेम समुद्र सुकी जान्थ्यो
न त अटाउँथ्यो आकाशमा वर्णन त्यो दिव्य प्रेमको