KB · Hymns · #786
हे विश्वासी, सेवापूरा गर्नुछ
A4/4
Verse
हे विश्वासी, सेवापूरा गर्नुछ, परमप्रभुको ज्योतिलाई फैलाऊ
सारा सृष्टिको कर्ता चाहनुहुन्न एक आत्मा नरकमा हराएको ।
Chorus
घोषणा गर शान्ति सन्देश,
घोषण गर येशू ख्रीष्ट उद्धारक हुन् ।
Verse
नियाल त्यहाँ हजारौं आत्माहरू, पापको निस्तेज बन्धनमा रहेका ।
कहाँ छन् मुक्तिको सन्देश ल्याउनेहरू ? कसले येशूको सन्देश सुनाउला ?
Verse
हर देश र हर भाषामा बयान गर, प्रभुको प्रेम आफ्नो सृष्टि प्रति
होचिए उनी हामीलाई अल्गाउन, मृत्यु भोगी स्वर्गदिए हामीलाई ।