KB · Hymns · #133
जब आउलान्
C3/4Translated
Verse
जब आउलान्, जब आउलान् निज हीरा बटुल्न
सबै हीरा, मूल्य हीरा येशूका नै हुन्
जस्ता तारा बिहानको चम्कँदै रहँदै
यस्तै यिनै चम्कन्छन् ख्रीष्टको मुकुटमा ।
Verse
ती बटुल्छन्, ती बटुल्छन् स्वर्ग राज्यका सब हीरा
जति राम्रा र चम्किला येशूका नै हुन्
जस्ता तारा बिहानको चम्कँदै रहँदै
यस्तै यिनै चम्कन्छन् ख्रीष्टको मुकुटमा ।
Verse
नर-नारी, केटा-केटी ख्रीष्टसँग प्रेम गर्ने
हीरा यिनै, हीरा प्यारै येशूका नै हुन्
जस्ता तारा बिहानको चम्कँदै रहँदै
यस्तै यिनै चम्कन्छन् ख्रीष्टको मुकुटमा ।