KB · Hymns · #278
येशू हो मेरो पापको भार उठाउने
D#4/4
Chorus
येशू हो मेरो पापको भार उठाउने, क्रूसको दुःख सहेर
म भन्न सक्छु म स्वर्ग जान्छु, प्रभुलाई पाएर
Verse
त्यो महादुःख र त्यो महाकष्टलाई (२) येशूज्यूले सहनुभो’
येशूज्यूले भोग्नुभो’ (२) पिताको आज्ञा पूरा गरी स्वर्ग जानुभो’ ।
Verse
हे महान् पिता मेरो, तपाईंले दिनुभो’ (२) तपाईंको त्यो दया,
तपाईंको त्यो माया (२) निश्चय हामी नाश हुने थियौँ त्यो दया नपाए ।
Verse
कति दिन छ र यहाँ म बसिरहनु जहाँ (२) यो सानो पृथ्वीमा
यो दुःख सागरमा (२) पाउनेछु मैले त्यो आनन्द प्रभुको भण्डारमा ।
Verse
आउनुहोस् सबै साथी पाउनुहोस् स्वर्गीय शान्ति (२)
आफ्नो पाप धुनलाई, प्रभुको जन हुनलाई (२)
प्रभुलाई पाई, स्वर्गमा गई आनन्दमा बस्नलाई ।